प्रमुख जिल्ला अधिकारी घिमिरे द्धारा पत्रकार संग भेटघाट
64x64
२०७८ पुष २९ बिहिबार प्रेसपालिका संवाददाता
311 Views

२०७८ पौष,२९
सम्पादक
भर्खरै मात्र सरुवा भई रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएका परमानन्द घिमिरेले जिल्ला स्थित पत्रकार तथा संचारकर्मीहरु संग घेटघाट गर्नुभएको छ ।
आज मिडियाकर्मी तथा गृह प्रशासनको पारस्परिक सम्बन्ध राम्रो हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्नुभएको हो ।

जिल्लामा काम गर्दा सहयोग र समन्वयको अपेक्षा गरेको बताउनु हुँदै प्रजिअ घिमिरेले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्ने पक्षमा आफु सँधै अग्रसर रहने बताउनुभएको छ । कार्यक्रममा सहभागी संचारकर्मीहरुले जिल्ला स्थित सरकारी कार्यालयका काम कारबाही, बिकास निर्माण, जिल्लामा देखिएका समस्या लगाएत समग्र जिल्लाको बस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

उनिहरुले विकास निर्माणका अधुरा काम पुरा गर्न तथा समस्या देखिएका ठाउँमा तत्काल समस्या समाधानका लागी पहल गर्न अनुरोध गरेका छन् । गुल्मी घर भएका घिमिरे प्रमुख जिल्ला अधिकारीको रुपमा बुधबार जिल्ला आउनुभएको हो । उहाँले यसअघि पनि रुकुममा काम गरिसक्नुएको छ ।
यस अघि मुसिकोट नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा काम गरिसक्नुभएका घिमिरे रुकुम आउनुभन्दा पहिले भने घिमिरे गृह मन्त्रालयमा कार्यरत हुनुुन्थ्यो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News