बिद्युत प्रसारण लाईन जोड्ने क्रममा करेन्ट लागेर कुदु सब–स्टेसनमा कार्यरत एक कर्मचारी घाइते ।।
64x64
२०७८ पुष २९ बिहिबार प्रेसपालिका संवाददाता
347 Views

पौष२९,
शक्ति बारघरी
बिद्युत प्रसारण लाईन जोड्ने क्रममा जाजरकोट जिल्ला भेरी नगरपालिका कुदु सब–स्टेसनमा कार्यरत एक कर्मचारी घाइते भएका छ्न ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका लगायतका ठाउमा अनियमित बिद्युत सेवा लाई नियमित प्रसारण गर्ने क्रममा करेन्ट लागेर सुर्खेत घर भएका २६ बर्षिय पदम बस्नेत घाइते भएका हुन ।

कुदु सबस्टेसनमा चौरजहारी फिडर निर्माण गर्ने क्रममा हिजो दिउँसो घाइते भएको र उनको नेपालगन्ज स्तिथ नर्सिङहोममा आइसियुमा उपचार भइरहेको नेपाल बिद्युत प्राधिकरण चौरजहारी युनिट कार्यलयका प्रशासकीय प्रमुख तुलस बहादुर बिकले जानकारी दिनु भयो ।
फिडर निर्माण गर्ने क्रममा के कसरी बिद्युत प्रबाह भयो भन्ने जानकारी नआएकोले त्यसको अनुसन्धान भैरहेको नेपाल बिद्युत प्राधिकरण चौरजहारीले बताएको छ ।

Flash News