उप-प्रध्यापक र कर्मचारीहरुलाई ल्यापटप बितरण
64x64
२०७८ पुष २८ बुधबार प्रेसपालिका संवाददाता
368 Views

पुष २८,
सम्पादक
रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा रहेको एक क्याम्पसले उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पसले त्यहाँ कार्यरत उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरेको हो ।
बिज्ञान र प्रबिधिको विकाससँगै क्याम्पसमा सञ्चालन गरिने क्रियाकलापसँगै कक्षाहरुलाई डिजिटलाइजेसन देखि लिएर गुगल कलास रुम र जुम कलास मार्फत कक्षा सञ्चालन गर्ने गराउने उद्देश्यले क्याम्पसले उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरेको क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्याम्पसले आफ्नै लगानीमा रु. ११ लाख ४० हजार बराबरको रकमबाट १२ वटा ल्यापटप र २ वटा ओभररेड प्रोजेक्टर खरिद गरि उपप्रध्यापकहरु र कर्मचारीलाई ल्यापटप बितरण गरिएको हो । खरिद गरिएका ल्यापटप आज क्याम्पसले आयोजना गरेको एक औपचारिक कार्यक्रममा नगर प्रमुख देविलाल गौतमले उपप्रध्यापकहरु र कर्मचारीलाई हस्तान्तरण गर्नुभएको छ । क्याम्पसका उपप्रध्यापक एबं सूचना प्रबिधि बिज्ञ डम्बर बहादुर खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमको कार्यक्रमको सञ्चालन उपप्रध्यापक हरिबिष्णु ओलीले गर्नु भएको थियो । नगर प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसमा कार्यरत उपप्रध्यापकहरु र कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News