कोरोना बढे संगै रुकुम पश्चिममा सबै प्रकारका मेला, सभा, जुलुस, सम्मेलन, प्रर्दशन, जात्रा, महोत्सव संचालनमा रोक
64x64
२०७८ पुष २८ बुधबार प्रेसपालिका संवाददाता
422 Views

पुष,२८
सम्पादक
रुकुम पश्चिममा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम बढेको भन्दै सबै प्रकारका मेला, सभा, जुलुस, सम्मेलन प्रर्दशन, जात्रा, महोत्सव संचालनमा रोक लगाएको हो । माघ ७ गते देखि सार्वजनिक स्थल, होटल, रंगशाला, प्रबेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा, हवाई यात्रा गर्दा अनिवार्य खोप कार्ड देखाउन आग्रह गरिएको छ । कोरोनाको जोखिम बढ्दै गए पछि जिल्लामा आयोजित बिभिन्न खेलकुद प्रतियोगिता स्थगित हुन थालेका छन् ।

माघि संक्रान्तिको अवसरमा आयोजित मेला तथा खेलकुद प्रतियोगिता स्थगित भ्एका हुन । मुसीकोट नगरपालिका वडा नंंं. १० मा पापिनि मेलाको अवसरमा आयोजित बिभिन्न खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यस्तै मुसिकोट नगरपालिका ११ मा लाग्ने त्रिवेणि मेला पनि स्तगित गरिएको छ । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमित भेटिन थालेका छन् । त्यस्तै माघिकै अवसरमा जिल्लाका बिभिन्न ठाउँमा मेला तथा बिभिन्न प्रतियोगिता पनि आयोजना गरिएको छ । गृह मन्त्रालयले २५ जना भन्दा बढि जम्मा हुन नपाउने निर्देशन गरेसंगै रुकुम पश्चिममा पनि सतर्कता अपनाईएको हो । जिल्लाका स्थानीयतहले पनि मेला तथा प्रतियोगिता रोक्न आग्रह गरेका छन् ।

आज जिल्ला प्रशासन कार्यालयमा भएको कोभिड नियन्त्रण तथा व्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रममा पनि स्थानीयतहका प्रमुख तथा प्रतिनिधिले धेरै भिडभाड हुने क्रियाकलाप रोक्ने बताएका थिए । मंगलबार सम्म जिल्लामा १२ जना कोरोनाका संक्रिय सक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पनि कोरोनाको जोखिम बढेकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सरकारले कोरोनाको सक्रमण बढ्न सक्ने बन्दै आज देखि बिद्यालयहरु बन्द गर्ने निर्णय गरेसंगै रुकुम पश्चिमका केहि बिद्यालयहरु पनि बन्द भएका छन् । केहि बिद्यालयहरुमा परिक्षा चलिरहेका कारण परिक्षा सकिए लगत्तै बिद्यालयहरु बन्द हुने बताइएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News