सम्पादक :
रुकुम पश्चिममा कोरोना भाईरस रोकथाम र पुर्व तयारीको लागि सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय कोभिडका विरामि बढ्दै गएको अवस्थामा जिल्लामा पनि कोरोनाका बिरामि देखिन थालेका छन् । नेपाल पत्रकार महासंघको आयोजना र शाझा मुराल अस्पतालको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागि विभिन्न सरोकारवालाहरुले कोरोनाको तेस्रो लहर फैलन नदिन, रोकथाम तथा नियन्त्रण गर्न प्रतिबद्धता जाहेर गरेका छन् । पहिलो र दास्रो लहरको भेरियन्टले जिल्लामा पारेको प्रभावबाट पाठ सिक्दै तेस्रो लहरले गर्न सक्ने क्षेतीलाई कम गर्न सबैले हातेमालो गर्न पर्ने कार्यक्रमका सहभागिहरुको जोड छ ।
कार्यक्रममा सहभागि निजि अस्पतालका संचालकहरुले कोरोनाको समयमा सरकारले निजि अस्पतालहरुसंग सहकार्य गरे आफ्ना कर्मचारीहरु महामारी बिरुद्ध खटाउने बताएका छन् । अस्पताल संचालनकहरुले सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । विगतका वर्षहरुमा भएका कम्जोरीलाई केलाउदै निजि अस्पताल र सरकारी अस्पतालको सहकार्यमा कोरोनाको विरुद्ध काम हुनुपर्ने अस्पताल संचालकको भनाई छ ।
त्यस्तै जिल्लामा रहेका यातायत समितिहरुले पनि सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई अनिवार्य मास्क, स्यानीटाईजरको व्यवस्था गरिदिने प्रतिशद्धता जाहेर गरेका छन् । कोभिडको समयमा हुने जोखिम पुर्ण यात्राको समयमा यात्रुलाई सचेत बनाउदै अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्ने यातायत समितिको भनाई छ ।
जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको धेरै भिडभाड हुने भएकाले पनि उपभोक्ता समितिलाई कार्यालयमा बोलाउनु भन्दा कार्यक्षेत्रमै कर्मचारी खटाएर काम गर्ने कार्यालय प्रमुखहरुको भनाई छ । त्यस्तै जिल्लामा बिभिन्न पर्वको अवसरमा आयोजना गरिएका मेला तथा खेलकुद प्रतियोगिता रोकिने भएका छन् । कोरोनाको जोखिम बढ्दै गएकाले त्यस्ता मेला तथा प्रतियोगिता रोक्ने स्थानीयतहले बताएका छन् ।
कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, त्रिबेणि गाउँपालिका उपाध्यक्ष निर्मला खड्का विष्ट, जिल्ला समन्वय समिति सदस्य टेकबहादुर पुन, सहायक प्रमुख जिल्ला अधिकारी प्रेमश सिवा, सुरक्षा निकायका प्रमुख, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।।