सम्पादक:
रुकुम पश्चिमको त्रिविणि गाउपालिका सिम्रुतमा माटो शिविर सम्पन्न भएको छ । गाउपालिकाका मकै जोन क्षेत्रमा सुचिकृत वडाका किसानहरुले ल्याएको माटोको नमुनाको जाँच गरिएको छ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन एकाई सल्यान,प्राविधिक एकाई रुकूम पश्चिमको आयोजना तथा एकिकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा १ दिने माटो परिक्षण शिविर सम्पन्न भएको जनाएको छ ।
शिविरमा त्रिवेणि गाउपालिका रुकुम पश्चिमका मकै जोन सुचिकृत वडाहरु १,२,३,४,८,९ र १० नम्बर वडाका १८० जना कृषकहरुको माटोको नमुनाको परिक्षण गरिएको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन एकाई सल्यान,प्राविधिक एकाई रुकूम पश्चिमका नायब प्राविधिक सहायक हरि कुमार थापाले जानकारी दिनुभयो ।
माटो परिक्षण शिविरबाट माटोको अवस्था थाहा हुने र रिपोर्टको आधारमा किसानलाइ माटो उपचार पद्दतीको ज्ञान दिने कार्यक्रम रहेको थियो । शिविरमा माटोको पिएच लगायत नाइटोजन फस्फोरस र पोटास को मात्रा हेर्ने काम भएको भयो । किसानहरुले ल्याएको माटो फरक फरक किसिमको हुने भएकाले प्राप्त रिपोर्टको आधारमा प्रत्येक किसानलाई आवस्यक सल्लाह सुुझाब उपलब्ध गराईएको नायब प्राविधिक सहायक थापाले जानकारी दिनुभयो ।