म छोरी मान्छे
64x64
२०७८ पुष २६ सोमबार प्रेसपालिका संवाददाता
821 Views

निर्मला खड्का मुसिकाेट नगरपालिका रुकुम पश्चिम ।
म जे बताउँदै छु त्यो सँग मेरो उमेरको कुनै सम्बन्ध छैन, मैले बचपन देखी अहीले सम्म सिर्फ एउटै कुरा सुन्दै अनी भोग्दै आई रहेको छु, । छोरी यो कपडा नलगाउ अहिलेको सयम ठीक छैन रातको ८ बजे पछी घर भन्दा बाहीर हुनु भएन बोले पछी किन,बोल्यौ चुपचाप आफ्नो कोठामा बस्नु पर्ने, तर किन? किन बढी भएको छ, त देखि रहेको छस दिन दिनै बलात्कार र हिँसा बढीरहेको?चुपचाप बस घरमै बाहीर यताउता बरालीने होइन बाहिरको काम परे घरमा दादाभाई छन उनीहरूले गर्छन त घरको काम गर,छोरी science नपढ यो त केटाहरूको field हाे ।Modelig नगर राम्रो घरको केटाले हेर्दैन,यो सब गरेर हाम्रो घरको इज्जत माटोमा मिल्न नदेउ,तिमीले धेरै पढेर पनी के गर्छौ आखीर गर्ने त तिमीले घरकै काम हो । छोटो कपडा नलगाउ केटाहरूले जिस्क्याउछन, नराम्रो नजरले हेर्छन ।
यो गर त्यो नगर यता जाउ उता नजाउ,यो लगाउ त्यो नलगाउयो खाउ त्यो नखाउ “
मतलब मलाई बस एक प्रश्नको उत्तर चाहीएको छ की,किन यो सोच बनाएर राखेका छन कि सबैले “ छोटा कपडा– बलात्कार
केही समय पहिले सारी लगाएर हिडेकी महिलाको बलात्कार भएको थियो,भने प्रमाणित गरेर देखाइ दिनु कि छोटो कपडाले कसरी बलात्कार हुन्छ । ५ बर्षको नानीलाइ घरभित्र पसेर बलात्कार गरेका छन,कसरी भन्न सक्छौ कि घर बाट बाहिर नजाउ“यहाँ त घरका समेत नारीहरू सुरक्षीत छैनन ?

न त छोटो कपडाले नै बलात्कार हुन्छ,न त राती घर देखि बाहिर हुँदा नै बलात्कार हुन्छ त घटीया र गलत सोच भएका मान्छे हरू बाट
यदी कोही मान्छेको सोच र नियत ठीक छ भने एक्लै हुँदा नी म सुरक्षीत छु ,यदी मान्छेको सोच र नियत नै ठिक छैन भने हजारौको भिडमा पनी म डराएर हिड्नु पर्ने छ । अनि यो सब के हो छोरी मान्छे यो गर्न सक्दैन त्यो गर्न सक्दैनन, यो आधुनीक जमाना हो छोरी मान्छे पढ्न पनी चाहन्छन,अनी समय सँगै लड्न पनी चाहन्छन, आफ्नो लागी, आफ्नो परीवारको लागी, समाजको लागी,अनी यो देशको लागी अहिलेको युगको छोरी हरू Doctor,पाईलट, engineer , scientist सबै छन,कुनै पनी ाष्भमि हरू छोरा मान्छेको लागी मात्र होइन । कहिले सम्म छोराको मात्र भर पर्छौ ए मेरी आमा?
कहिलेकाही आफ्नो छोरी माथी पनि भरोसा गर ,नारी हकको कुरा जहाँ आउँछ त्यसलाई गलत सम्झन थाल्छन,नारी पुरुष बराबर हो भन्ने हरू कै सोच गलत हुन्छ, छोरा मान्छेलाइ जती हक छ यो समाजमा छोरीलाइ पनि उत्तिकै देउ । कहिले सम्म यो पुरानो सोच बोकेर बस्छौ ए! समाज ? हामि छोरीलाइ छोरा हरू भन्दा माथी गएर उनीहरूलाइ गिराउने सोच होइन । हामीलाइ बस त्यो हक चाहियो कि,हामिलाई कमजोर सोचेर छोरा मान्छेलाइ दिइन्छ“ हामी नाक काट्नको लागी जन्मीएको हैनौ कि ? तपाई आफ्नो शिर उच्च पारेर बस्न सक्नुहोस र गर्वले भन्नुहोस, कि “उ मेरि छोरी हो…..

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |