बस्ती छ तर सुबिधा छैन ।
64x64
२०७८ पुष २६ सोमबार प्रेसपालिका संवाददाता
257 Views

गोपालसिं खड्का
“भौगोलिक विविधतायुक्त देश नेपाल, हिमाल पहाड तराई कोहि छैनन् पराई, समृद्ध नेपाल सुखी नेपाली” जस्ता नारा सुनेरै अचेल रिस उठ्छ उनीहरुलाई । न उनीहरुको गाउँमा खानेपानी सुविधा छ, न त बिद्युत सेवा । सहज स्वास्थ्य सेवा, नजिकै शिक्षा, सञ्चारको सुविधा त झन् कल्पना गर्ने मात्र हो ।

सानीभेरी गाउँपालिका १० र चौरजहारी नगरपालिका १४ को सिमानामा पर्ने आँसिहर्ने लेकले आँगनमै आएका भनिएका स्थानीय सरकारको समेत अनुभूति गर्न पाएको छैन । न सानीभेरी गाउँपालिकाले सेवा सुविधा दिन्छ न त चौरजहारी नगरपालिकाले । दुबै पालिकाको दुर्गम सिमानामा घर बनाउनुको पीडा उनीहरुले भोगिरहेका छन् ।

‘हामी पाँच सात घर छौ तर बिचल्लीमा छौ’, स्थानीय बुद्धिराम खड्काले भन्नुभयो- ‘संघीयता भनेको के हो पत्तो छैन, न हिड्ने बाटो छ न किन्ने बजार ।’ सानोतिनो सामान ल्याउनको लागि चौरजहारीको नाउली वा सानीभेरीको सिम्ली जानुपर्ने बाध्यता रहेको बुद्धिरामको भनाई छ । निर्वाचनको बेला भोट माग्न घरदैलो गर्ने नेता कार्यकर्ता चुनावपछि भने एक पटक पनि टोलमा आएका छैनन् । सेवा सुविधा दिने कुरा त परको कुरा हो, भेटघाट समेत गर्न छाडेको स्थानीयहरुको गुनासो छ।

भौगोलिक बिकटता, दुर्गम र पिछडिएको क्षेत्र जहाँ बस्ती छ तर सुबिधा छैन । स्वास्थ्य समस्या हुँदा स्वास्थ्य चौकी होस् या मेडिकलमा जानका लागि पैदल यात्रा गर्न समेत कठिनाइ हुने बाटो रहेको छ । बालबालिकाहरु विद्यालय पढ्न टाढा भएकोले धौ धौ सँग जाने गरेका छन् ।

राज्यले पुर्‍याउने स्वास्थ्य, शिक्षा सँगै यातायात सुविधाको लागि स्थानीय सरकारले ध्यान दिएर दैनिकी सहजताको लागि स्थानीयले अनुरोध गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News