पाठ्यक्रम निर्माणका लागि सरोकारवालासँग छलफल सम्पन्न ।
64x64
२०७८ पुष २६ सोमबार प्रेसपालिका संवाददाता
334 Views

सम्पादक :
मुसिकोट नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल भएको छ । मुसिकोट नगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफलको आयोजना गरेको हो । आधारभूत तह कक्षा १ देखि ८ सम्मका बिद्यार्थीहरुका लागि स्थानीय स्तरको पाठ्यक्रम तयार गरि पठनपाठन गराउने उद्देश्यले नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण गर्न थालिएको छ ।
यस शैक्षिक शत्रमा नगर क्षेत्रका केहि बिद्यालयमा नमुनाका रुपमा पठनपाठन गराउने र आगामी शैक्षिक शत्र २०७९ देखि नगरपालिकाका सबै बिद्यालयमा अनिबार्य लागु गर्ने गरि स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको नगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख एबं शिक्षा अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोट सेरोफेरो नामको स्थानीय पाठ्यक्रम निर्माण गर्न सामुदायिक तथा संस्थागत बिद्यालयहरुका शिक्षकको सहभागितामा २५ सदस्यिय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलबाट यमुना नन्द नमुना माबिका शिक्षक कमप्रसाद देवकोटाको संयोजकत्वमा ७ सदसीय मस्यौदा लेखन र भाषिक सम्पादन समिति तयार गरेको र उक्त समितिले तयार पारेको मस्यौदामाथी यहि पौष २६ गते सोमबार अन्तरक्रिया तथा छलफल भएको हो ।
नगर प्रमुख देविलाल गौतमको अध्यक्षतामा सम्पन्न अन्तरक्रियात्मक छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आचार्य, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तारा प्रकाश पुन मगर, नगरपालिका अन्तरगतका बिभिन्न बिषयगत समितिका संयोजकहरु, वडा अध्यक्षहरु, बिभिन्न शाखाका प्रमुखहरु, नगर क्षेत्रभित्रका क्याम्पस र सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरु, बिभिन्न मिडियाका कार्यरत पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । छलफलको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख एबं शिक्षा अधिकृत बिनाराम खड्का र शिक्षक कमप्रसाद देवकोटाले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News