सरकारकाे निर्णय माघ १५ सम्म विद्यालय बन्द गर्ने ।
64x64
२०७८ पुष २६ सोमबार प्रेसपालिका संवाददाता
219 Views

सम्पादक: भिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिसलाई मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बढ्दो कोभिड संक्रमण जोखिमका कारण शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ
आइतबारको सीसीएमसीसी बैठकले वार्षिक बिदामा मिलान गर्ने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गरेको थियो । उक्त बिदा अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन उक्त बैठकले सिफारिस गरेको छ । सोमबार सचिव स्तरीय बैठकबाट भएको उक्त निर्णयलाई सम्बन्धित निकाय मार्फत् कार्यान्वयन गर्ने गरि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । विद्यालय बन्द गर्ने निर्णय भए पनि कसरी गर्ने लगायतका मोडालिटी सूचना जारी गर्ने तयारी गरेको मन्त्रालय श्रोतले जानकारी दियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |