मुसिकोट नगरपालिका रुकुम पश्चिमका २ युवाहरुले तपाईको मास्क खोई अभियान सन्चालन गरेका छन् ।शुधिर
विक्रम शाह र सुर्य प्रकाश शर्मा ले आफ्नो व्यक्तिगत लगानिमा आज खलगा बजारको कालिकास्थान बसी बजार प्रेवश गर्ने र बाहिरीने हरेकलाई मास्क वितरण गरेका हुन पछिल्लो समय फैलिरहेको कोभिड १९ र ओमिक्रोन भाईस बाट बच्नको लागी मास्क विरण अभियान थालिएको र यो अभियान लाई जारी राखिने सुर्य प्रकाश शर्मा ले जानकारी दिनुभयो।
आफु पनि पहिले कोरोना भाईरस बाट संत्रमित भयको र कोरोना भाईरस बाट बच्नको लागी मास्कको प्रयोग नै ऊत्तम भयकाले आफ्नै लगानिमा मास्क वितरण अभियान सन्चालन गरेको शुधिर बिक्रम शाहले जानकारी दिनुभयो।
मास्क वितरण कार्यक्रम अन्तर्गत आज ५०० थान मास्क वितरण गरीने जानकारी दिईएको छ।।
