
सम्पादक :
मुसिकोट नगरपालिका ९,रुकुम पश्चिम का वडा अध्यक्ष नविन ओलि ,तत्कालिन माओवादी ले थालेको सशस्त्र बिद्रोह का एऊटा कमाण्डर, जनमुक्ति सेना नेपाल पाचौ डिभिजन सुनिल स्मृति बिग्रेड अन्तरगत सातौ बटालियन सह कमान्डर ,देशमा शान्ति प्रत्रिया पछि स्थानीय तहको पहिलो निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित , ऊनको परीचय यत्तिले पुग्दैन ,ऊनि एऊटा सफल कृर्षक पनि हुन। फुर्सदको समय मा ऊनि आफ्नो खेतबारीमा रमाऊछन्।
रोल्पा नगरपालिका वडा न ७ को माडिचौरमा आफ्नी श्रीमती इश्वरी घर्ती ओलीको नामका रहेको २२४५ वर्ग मिटर र आफ्नो आमा बुवाको जिउनी जग्गा ११२५ वर्ग मिटर गरि जम्मा ३३७० वर्ग मिटरमा फैलिएको जमिन लाई प्रयोग गरि २०७२ साल देखि तरकारी खेती गर्न सुरु गरेका अध्यक्ष ओलिको बारीमा यत्तिबेला ,काऊलि, बन्दा ,टमाटर , आलु प्याज, फर्सी लगायत का तरकारी लटरम्म फलेको देख्न सकिन्छ, सिजन अनुसार बोडि खुर्सानी भान्टा लगाएतका तरकारीहरु उत्पादन गरिने गरिएको छ । जस बाट बाषिक रुपमा तीन लाख जति आम्दानी हुने गरेको ओलि बताऊछन । जसमा एक लाख जति तरकारीको बीउ औषधि मलमा खर्च हुन्छ भने करिब एक लाख जति घर खर्च हुन्छ भने बार्शिक बचत करिब एक लाख जति हुने गरेको छ । उक्त उत्पादित तरकारी लिवाङ हुँदै सुलिचौर प्युठान भालुवाङ सम्म पनि जाने गर्छ । बिगतमा राती २/३ बजे डोकामा बोकेर बेचियो केही बाइकमा बोकियो भने हाल अटोमा बोकेर बिक्रि गरिरहेको ओलि बताऊछन । ओलि लाई ऊनकि श्रीमती र छोराछोरी ले पनि बारीको काममा सघाऊछन।
हाल यहि तरकारी खेती बाट सात जना परिवारको सम्पुर्ण खर्च टरेको छ । ओलीका हाल एक छोरा र एक छोरी अनि मामा,माइजू अनि श्रीमती गरि सात जनाको परिवार रहेको छ ।छोरा पधोन ओली हाल ११ वर्षको भए हाल माडिखोला बोर्डिङ स्कुलमा ५ मा पढ्छन भने छोरी प्रमिसा ओली ७ वर्ष कि भइन र उनी पनि सो बोर्डिङमा कक्षा २ मा पढिरहेकी छिन । वडा अध्यक्ष ओली भने बेला बेलामा सारो गारो काम परेको बेलामा पुगेर आफ्नो परिवार लाई काममा सघाउदै आइरहेका छन र यसैमा सबै परिवार खुसी छन ।
काम सजिलो ,सबै परिवार मिलेर काम गर्न सकिने,आफ्नो समय जति बेला हुन्छ तेतिबेला काम गर्न सकिने,कसैको निगरानी र दमनमा बस्न नपर्ने र आम्दानी पनि राम्रै भएकोले यो पेसा रोजेको ओलि बताऊछन।
२०६६ सालमा दहवनको जनमुक्ति सेनाको ब्यारेकमा रहेका बेलामा लिवाङमा + 2 पढिरहेकी कोटगाउ माडिचौरका नेपाल कम्युनिस्ट पार्टी माओवादी नेता २०५४ साल देखि ६३ साल सम्म अर्घाखाँची र गुल्मीमा जेल जीवन बिताएका जबरसिङ घर्तिकी छोरी र २०६० सालमा भाबाङको भिडन्तमा सहिद भएकी जनमुक्ति सेना नेपाल कम्पनी कमान्डर सपनसिला कि बहिनी इश्वरी घर्ती संग ओलिले लगनगाठो कसे।
त्यतिमात्र होईन उनका मामा जबरसिङ्ले पनि हाल २०/२२ वटा बाख्रा पालन गरिरहेका छन । आफुले गरिरहेको खेती बाट सन्तुष्ट भएर त होला ।आफ्नो वडामा पनि एक घर एक करेसा वारि र व्यावसायिक रुपमा तरकारी खेती गराउनको लागि निशुल्क टनेल क्यारेट, काटा ,बीउ बितरण गर्नुका साथै तालिम र तरकारी सङकलन केन्द्र भनेर एउटा भवन समेत वडामा निर्माण गरि उत्पादन भएको चिज लाई बिक्रिको लागि ग्राहाक समेत खोजेर बेचिदिने समेत काम गरिरहेका छन ।
देशमा केही गर्न सक्किन्न, रोजगारी छैन, भनेर प्रत्येक दिन बिदेशिने युवाका लागि प्रेरणा का स्रोत बनेका छन्, कृर्षि बाटै समृद्धि ल्याऊन देशमा केही गर्न सकिन्न भन्ने मान्यता फेर्नु पर्ने ओलि बताऊछन।
