सम्पादक :
मुसीकोट नगरपालिका १,खलंगामा रहेको विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुलले ३१ औ प्याब्सन दिवशका अवसरमा दुई छात्रछात्रालाई छात्रवृत्ति स्वरुप न्यानो कपडा प्रदान गरिएको छ । छात्र पूर्णविर पुन र छात्रा कल्पना विकलाई न्यानो कपडा प्रदान गरिएको प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।
विद्यालयले यस अघि पनि उनिहरुलाई विभिन्न सहयोग गरिरहेको छ । प्याब्सन दिवशको अवसर पारी दुई छात्रछात्रालाई सहयोग गरिएको थापाले बताउनुभयो ।
त्यस्तै दिवशकै अवसर पारि विद्यालयले निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । मावि स्तरीय निवन्ध लेखन प्रतियोगिताका प्रथमलाई ५, दोस्रोलाई ३ तेस्रो हुनेलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको प्रिन्सिपल थापाले जानकारी दिनुभयो ।
।