जहिले पनि मेरो मन पिडामा हुन्छ ! सीता मगर मुक्तकमा यसरी बहकिनु हुन्छ । ।
64x64
२०७८ पुष २३ शुक्रबार प्रेसपालिका संवाददाता
344 Views

सिता मगर
मुसिकोट नगरपालिका ९ रुकुम पश्चिम
१. जहिले पनि मेरो मन पिडामा हुन्छ।
जति गर्छु भनेपनी जतन पिडामा हुन्छ।
एउटा तरिका बाट मात्र म खुसी भएको हु ,
मलाई सान्त्वना दिने झन पिडामा हुन्छ ।

१. मौसम सफा थियो आकाश निलो थियो ।
चलिरहेको समय अलि ढिलो थियो
मन खोलेर हास्न भर्खर सिकिराछु ।
यो मलाई प्रेमको अनुभव पहिलो थियो ।
३.
चाहेरै या नचाहेरै भयानक सिकिरहेका हुन्छौ ।
आफुले पाउनु पर्ने बारे पनि हक सिकिरहेका हुन्छौ ।
जिन्दगी एउटा रंगमञ्च हो जहाँ बाट ,
हामी दिनदिनै नयाँ नाटक सिकिरहेका हुन्छौ ।


बिस्तारै कुराको तालमेल घट्यो प्रेम रहेनछ ।
सम्झिरहने मान्छे डाडा कट्यो प्रेम रहेनछ ।
म नजरमा नजर मिलाएर घन्टौ हेर्न चाहान्थ्ये ,
बस केही छिनमै नजर हट्यो प्रेम रहेनछ ।

कसरी भनौ कस्को बिश्वास कति सम्म लाग्या छ ।
बस् आखाहरुमा भने आसु टम्म लाग्या छ ।
कुनै समय म ननिदाइ ननिदाउने मान्छे ,
आजकल म बिनानि निदाउछ अचम्म लाग्या छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |