उत्कृष्ट मुक्तक काे साथ “म जि एम. दिपु देपेन्द्र
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
264 Views

जि.एम. दिपु देपेन्द्र
चौरजहारी न.पा. ११, रुकुम पश्चिम                      १.
फरक फरक भूगोलहरुमा उभिनै नपरोस् !
माया दिनेलाई उपहार आँसु दिनै नपरोस् !
एक बिन्दुमा पुगेेर तिमीलाई समेट्न सकु !
जुन बिन्दुमा पुग्दा हामीले छुट्टिनै नपरोस् !

२.
निभ्ने नै थियो आशाको दियो, यस अर्थमा ।
देख्नु पर्नेकै दुनियाँ देखियो, यस अर्थमा ।
म सुँगुरहरूको संगतमा, लागी रहेको थिए ।
फोहोर सम्म त पुग्नु नै थियो, यस अर्थमा ।

३.
दुईचार सातामा पालो मिलाएर पालो कुरेर पनि आऊछन् ।
असमानताका सारा खाडलहरुलाई पुरेर पनि आऊछन् ।
घर सानो भए पनि हुन्छ घरको ढोका होचो भए पनि हुन्छ ।
मनसँग नजिक हुने मान्छेहरु भित्र निहुरेर पनि आऊछन्‌ !

४.
सधैं आफ्नो अस्तित्व जोगाउने, कोशीस नगर्नु !
देश र जनता चुसेर मोटाउने, कोशीस नगर्नु !
म मर्दा मेरो लासमा, देशको झण्डा ओढाउनु !
बिन्ती छ, पार्टीको झण्डा ओढाउने, कोशिस नगर्नु !

५.
नालायक देखेर कालले पनि लगेको छैन् !
कसरी भनौँ म कसैले मलाई ठगेको छैन् !
तपाई नदि भएर कहाँ कहाँसम्म पुग्नुभएन ?
म समुन्द्र भएर यसै सकिए धेरै बगेको छैन् !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |