
प्रेसपालिका सम्पादक:-
मुसिकोट नगरपालिका पशु सेवा शाखाको आयोजनामा मुसिकोट नगरपालिकाका १४ ओटै वडामा १ दिने निशुल्क खोप शिविर कार्यक्रम संचालन हुने भएको छ । मुसिकोट नगर कार्यपालिकाको कार्यलय पशु सेवा शाखा रुकुम पश्चिमको आ.व. २०७८÷०७९ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार माहामारीजन्य रोग नियन्त्रणको लागि सर्भिलेन्स तथा इपिडीमियोलोजीकल रिपोर्टिङ कार्यक्रम अन्तर्गत महामारीजन्य रेबिज रोग नियन्त्रणको लागि रेविज विरुद्ध घरपालुवा कुकुर,बिरालोहरुमा १ दिने निशुल्क रेविज बिरुद्ध खोप शिविर संचालन गर्न लागिएको मुसिकोट नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक शिवराज महतारा ले जानकारी दिनुभयो ।
यहि पौष २५ गते नगरपालिकाका ६,७ र ८ न वडाका लागि वडा न ७ को साँख दह,पौष २६ गते ४,६,७,९,१० र ११ न वडाका लागि ,वडा न ९ को होल्तारमा,पौष २७ गते ३,४,११ र १२ न वडाका लागि बैरागिठाटी,पौष २८ गते ३,१३ र १४ नम्बर वडाका लागि छिवाङ चौतारा र पौष २९गते १,२,३,४ र ५ नम्बर वडाका लागि पशु सेवा शाखा सेरिगाउमा शिविर सञ्चालन हुनेछन ।
पशु सेवा शाखाले आफुलाई पाएक पर्ने स्थानमा गई आफुले पालेका कुकुर बिरालो लिई खोप कार्यक्रममा सहभागि भई खोप कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन सम्पुर्ण मुसिकोट नगरबासिमा आग्रह गरेको छ । शिविरमा ३ महिना भन्दा माथिका कुकुर,बिरालोहरुमा मात्र खोप लगाईनेछ ।
