९ जिल्लाकै सिडिओ सरुवा ,रुकुम पश्चिममा परमानन्द घिमिरे।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
228 Views

प्रधानसम्पादक – ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार रुकुम पश्चिम, झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा र इलाम जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको हो ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा सह-सचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ । बागलुङको सिडिओमा गृह मन्त्रालयका सह-सचिव रमेश ढकाललाई पठाइएको छ ।

यसैगरी रुकुम पश्चिममा गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरे, इलाममा माधव ढुङ्गाना र ओखलढुङ्गामा मन्त्रालयका उपसचिव दिल कुमार तामाङलाई सरुवा गरिएको छ भने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |