ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
64x64
२०८१ श्रावन ३२ शुक्रबार प्रेसपालिका संवाददाता
ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण - प्रेस पालिका

शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्दै चन्द्र बहादुर विष्ट

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ७ वटा विद्यालयमा विभिन्न खेलकुद सामाग्रि र शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको छ।

वडा नम्वर १४ मा रहेका ७ वटा विद्यालयमा खेलकुदका सामाग्रि र शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको हो । वडाका चन्द्र बहादुर विष्टले आफ्नो व्यक्तिगत खर्चबाट उक्त समाग्रि हस्तान्तरण गरेका हुन् ।
ति विद्यालयहरुमा १० हजारका दरले फुटबल, भलिबल, भलिबल नेट, कापि र कलम वितरण गरिएको विष्टले जानकारी दिए । प्रभात माध्यमिक विद्यालय दोपाई, चन्द्रगंगा आधारभूत विद्यालय त्रिशुले, दियो आधारभूत विद्यालय छिबाङखोला जनप्रिय आधारभूत विद्यालय सतिपोले, जनहित आधारभूत विद्यालय लोरीबाङ, जनजागृति आधारभूत विद्यालय घुयलडाँडा र ज्ञानकुञ्ज आधारभूत विद्यालय झिमडाँडामा खेलकुदका समाग्रि र शैक्षिक सामाग्रि सहयोग गरिएको हो ।।
कुनै पनि सरोकारवाला निकायहरूले चासो नदेखाएका कारण आफूले सहयोग गरेको बताउनुभयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |