चौरजहारीमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु
64x64
२०८१ असार ०७ बिहिबार प्रेसपालिका संवाददाता
172 Views

रुकुम पश्चिम ६, असार ।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२, दोभानखोला नजिक भएको ट्याक्टर दुर्घटनामा परेर चौरजहारी नगरपालिका–१२, रुकुम पश्चिम का २६ वर्षिय गोपाल केसीको मृत्यु भएको हो ।

दुर्घटनामा चालक सहित अन्य छ जना घाईते भएका छन । घाइते हुनेहरूमा चौरजहारी नगरपालिका– १२ का १२ वर्षका कल्पना ओली, ४२ वर्षका बलु जैसी, ३२ वर्षका सरोज शर्मा, वडा नं। ५ का १९ वर्षका विकास कुमाइँ, लक्ष्मण कुमाइँ र वडा नं। ११ का ८ वर्षका विकास डाङ्गी रहेका छन ।

घाईतेमध्य पाँच जनालाई उपचारको लागि नेपालगञ्ज पठाईएको चौरजहारी नगरपालिकामा नगर प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । क।प्र।०३००१ त०००१ नम्बरको ट्याक्टरले ढुंगा ढुवानी गरेर लिदै गर्दा सडकबाट तल खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News