नेकपा एमाले मुसिकोट नगर कमिटि अध्यक्षमा खड्का
64x64
२०८१ जेठ ०७ सोमबार प्रेसपालिका संवाददाता
157 Views

नेकपा एमाले मुसिकोट नगर कमिटि अध्यक्षमा गोकर्ण खड्का चयन हुनुभएको छ ।  पार्टीको दोस्रो नगर अधिवेशनले खड्काको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

जसको उपाध्यक्षमा तुल बहादुर खड्का, सचिवमा एकराज पाण्डे र उपसचिवमा हिमानी केसी थापा र अमर बहादुर खड्का निर्वाचित हुनुभएको छ ।

निर्वतमान अध्यक्ष थल बहादुर ओलीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार गोबिन्द केसी, कर्णाली प्रदेश कमिटी सदस्य अधिवक्ता रचना मल्ल, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News