नेकपा माओवादी केन्द्र मुसिकोट ६ को अध्यक्षमा गौतम
64x64
२०८१ जेठ ०७ सोमबार प्रेसपालिका संवाददाता
361 Views

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ६ को चौथो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले वसन्त कुमार गौतमको अध्यक्षतामा ३ जना पछि थप्ने गरि २२ सदस्यीय वडा समिति निमार्ण गरेको छ ।

जसको उपाध्यक्षमा दीपक बोहरा,सचिवमा अमर बहादुर महतारा, , सह सचिवमा लक्ष्मण भण्डारी र कोषाध्यक्षमा जानकी केसी रहनुभएको छ । निर्वतमान पार्टी वडा अध्यक्ष वसन्त कुमार गौतमको अध्यक्षतामा भएको वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश सदस्य भानु मल्लको विशेष आतिथ्यता रहेको थियो ।

 

त्यस्तै सम्मेलनमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर समिति अध्यक्ष दलबहादुर खड्का, नगर सदस्य नारायण केसी, नगर सदस्य तथा वडा इन्चार्ज अनिल बुढा मगर, नगर सदस्य निर्मला रसाइली, निवर्तमान वडा सचिव दिपेन्द्र महतारा, ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य गम्बरसिंह बोहरा, नगर सदस्य भद्रबहादुर बोहरा, सहिद परिवार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वडा सचिव अमर बहादुर महताराले गर्नुभएको थियो । यो संगै रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले जिल्लाका ३७ वडाको सम्मेलन सकाएको छ । बाँकी वडामा सम्मेलनको तयारी भैरहेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News