विपन्न परिवारका दुई घर निर्माण
64x64
२०८० भाद्र २२ शुक्रबार प्रेसपालिका संवाददाता
357 Views

सत्य बटाला
रुकुम पश्चिम २२, भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठबिसकोट नगरपालिका वडानम्बर -४, मा  विशेष रुपान्तरण अभियानका टोलीले हावाहुरीले  भत्काइएका अति विपन्न परिवारका २ वटा घर निर्माण गरेको छ ।  टोलीले यही भदौ १७ गते गएको हावाहुरीले भत्किएका दुई घर निर्माण गरेको हो ।

अभियानका इन्चार्ज गोविन्द ओलीका अनुसार टिका विक र सुनिता विकको घर रातो फेटा सहित निर्माण गरिएको छ । त्यस्तै टोलीले वडाका विभिन्न टोल तथा सार्वजनिक क्षेत्रमा रातो फेटा सहित श्रमदानलाई पूर्णता दिने उदेश्यका साथ कालिका मन्दिर सरसफाइ, ज्ञनोदय माध्यमिक विद्यालय  सरसफाइ, २ नम्बर टोल सरसफाइ गरेको छ ।

त्यस्तै बैठकले तीन महीने अभियानमा प्रत्येक घरघरमा गएर जनताका गुनासा सुन्ने, सल्लाह सुझाव लिने नयाँ सदस्यता , सदस्यता नवीकरण लगायतका कार्य सञ्चालन गर्ने ईन्चार्ज ओलीले  बताउनिभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News