
रुकुम पश्चिम १०,चैत
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । आज एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो ।
जसमध्ये पुरुषको संख्या ४८ दशमलव ९८ प्रतिशत अर्थात १ करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या ५१ दशमलव ०२ प्रतिशत अर्थात १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर ३.३५ प्रतिशत र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप १. ६७ प्रतिशत रहेका छन । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।
