लघुवित्त कर्मचारी मञ्चले बुझायो ज्ञापन पत्र
64x64
२०७९ फाल्गुण १९ शुक्रबार प्रेसपालिका संवाददाता
153 Views

रुकुम पश्चिम १९, फागुन ।
लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमले आज जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ज्ञापन पत्र बुझाएको छ । लघुबित्त बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सयूक्त हस्ताक्षर सहित प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तलाई ज्ञापन पत्र बुझाईएको हो ।

गत फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एन.आइ.सी. एसिया लघुवित्तका फिल्ड कर्मचारी माथि अज्ञात समूहले कालोमोसो दलि अमानवीय ब्यवहार देखाइ कुटपिट गरि समूहबाट असुलि भएको रकम समेत लुटेर लगेको घटना प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ  ।

कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई ‘घ‘ बर्गको वित्तीय संस्थाको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ४९ को उपदफा ९४० तथा बैंक बाट जारि निर्देशन एवम शर्तहरुको अधिनमा रहि वित्तीय कारोबार सञ्चालन गर्न इजाजत प्राप्त भई कारोबार गरिरहेको जानकारी गराउदै  पछिल्लो समयमा बढिरहेको अराजक गतिविधिले आफुहरुको ध्यानाकर्षण भएको बताइएको छ ।

लघुवित्तका कर्मचारी माथी दिनहुँ हुने गरेका अमानवीय ब्यवहारको घोर भ्रत्सना गर्दछौ । सेवा प्रवाह गर्न गएका कर्मचारीले कुटाई खानु, कालोमोसो को सिकार हुनुले अव आउने दिनमा वित्तीय कारोवार तथा वित्तीय कारोवार संग जोडिएका ग्राहाक सदस्यहरु माथी पर्ने असरको जिम्मा कस्ले लिने ?  लघुवित्तको कर्मचारी माथी कालो मोसो दलेको घटनाले देश भरि नै अराजक तत्वहरुको  मनोबल झनै बढ्दै जाने भएकाले भावी दिनहरुमा जुनसुकै संस्थामा कार्यरत जो कोहि कर्मचारीहरु  माथी  पनि यस्ता अमानवीय ब्यवहार,अराजक गतिविधी हुन सक्ने  भएकाले कर्मचारीहरको  जिउधनको सुरक्षार्थ यस कार्यालय तथा सरोकारवाला सम्पुर्ण कार्यालयहरुलाई ध्यानकर्षण गराउदछौँ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

रुकुम पश्चिममा १० वटा लघुवित्तिय संस्थाहरु सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News