रुकुम महोत्सवमा नृत्य आइडल हुने
64x64
२०७९ फाल्गुण १८ बिहिबार प्रेसपालिका संवाददाता
278 Views

रुकुम पश्चिम १८, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको बराहटाकुरामा फागुन २६ गते देखि चैत ७ गते सम्म सञ्चालन हुन लागेको रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम सहित नृत्य आइडल पनि हुने भएको छ । स्थानीय कलाकारलाई प्रवर्द्धन एवम प्रोत्साहन गर्ने उदेश्यले महोत्सवमा नृत्य आइडल संचालन गर्न लागिएको हो ।

महोत्सवमा नृत्य आइडलको आयोजना गरिएको र आईडलमा सहभागि प्रतियोगिलाई नगद सहित मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । नृत्य आइडलमा प्रथम हुनेले १५ हजार पुरस्कार पाउने छ । दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेे परियारले बताउनुभयो । साथै आइडलमा सहभागी सबैलाई मेडल र प्रमाण–पत्रको व्यवस्था गरिएको छ । आइडलमा भाग लिन दर्ता शुल्क भने लाग्ने छैन ।

महोत्सवमा हरेक दिन लाइभ दोहोरी सङ्गै  राष्ट्रिय एवम स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |