रुकुम पश्चिम ११, फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) मुसिकोट नगर कार्य समितिले शहिद सप्ताहको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । यही फागुन १४ गते देखि २१ गते सम्म सुरु हुने सहिद सप्ताहको अवसरमा प्रतियोगिता गर्न लागेको हो ।
शहिद सप्ताहको अवसरमा फागुन १६ गते मुसिकोट नगरपालिका वडानम्बर -५, को सहिद प्रतिष्ठान हलमा प्रतियोगिता हुने अनेरास्ववियु (क्रान्तिकारीे) मुसिकोट नगर समिति अध्यक्ष दुर्गा प्रसाद बिकले जानकारी दिनुभयो ।
कक्षा ९ देखी १२ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि जनयुद्ध र यसका उपलब्धि विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । त्यस्तै कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि देशभक्ति तथा प्रगतिशिल गितमा एकल नृत्य प्रतियोगिता आयोजना गरिएको नगर समिति अध्यक्ष बिकले जानकारी दिनुभयो ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगिले क्रमश ३ हजार,२ हजार, १ हजार र ५ सय सहित प्रमाण पत्र पाउनेछन् । त्यस्तै एकल नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगिले पनि क्रमश ३ हजार, २ हजार, १ हजार र ५ सय सहित प्रमाण पत्र पाउने बताइएको छ ।
