लघुबित्तिय संस्था बिरुद्ध मुसिकोटमा बिरोध प्रदर्शन
64x64
२०७९ फाल्गुण १० बुधबार प्रेसपालिका संवाददाता
233 Views

रुकुम पश्चिम १०, फागुन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा लघुबित्तिय संस्था बिरुद्ध बिरोध र्यालि प्रदर्शन गरिएको छ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति जिल्ला कमिटि रुकुम पश्चिमले बिरोध र्याली गरेको हो ।
मुसिकोट खंलगाको त्रिवेणी चोकबाट सुरु भएको बिरोध र्याली खंलगा बजार परिक्रमा गरि पुनः त्रिवेणी चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गदै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति जिल्ला कमिटि रुकुम पश्चिम अध्यक्ष कर्मी केसीले नवसामन्तको रुपमा स्थापित लघुबित्तिय संस्थाहरु खारेज हुनु पर्ने बत्ताउनुभयो ।
त्यस्तै लघुबित्तिय संस्थाहरुले लगाएको सामुहिक त्रण मिनाह हुनुपर्ने,आम गरीब किसानहरुलाई निशुल्क त्रण प्रदान गर्नु पर्ने बत्ताउनुभएको छ । आफुहरुले मासिक रुपमा ईमान्दारीता पुर्वक किस्ता बुझाउदा पनि त्रण झन बढ्दै गएको बत्ताउदै केसीले लघुबित्तिय संस्थाहरु खारेज हुनु पर्ने जिकिर गर्नुभयो ।
लघुबित्तिय संस्थाहरुले गर्दानै बिभिन्न ठाउमा आत्महत्या भएको उदाहरण जिवन्त रहेको र रुकुम पश्चिममा पनि लघुबित्तिय संस्थाहरुले गर्दा आत्महत्या भएका थुप्रै घटना भएको बत्ताउदै आफुहरुको आन्दोलन लघुबित्तिय संस्थाहरु खारेज नहुदा सम्म नरोकिने बत्ताउनुभयो ।
लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति जिल्ला कमिटि रुकुम पश्चिमले फाल्गुण १२ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र फाल्गुन २० गते जिल्ला सदरमुकाम खंलगामा बिरोध र्यालि प्रदर्शन गर्ने पनि बत्ताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News