जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड चौरजहारीमा हुने
64x64
२०७९ फाल्गुण ०८ सोमबार प्रेसपालिका संवाददाता
200 Views

रुकुम पश्चिम ८, फागुन ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड चौरजहारीमा सञ्चालन हुने भएको छ । जिल्ला खेलुकद विकास समिति रुकुम पश्चिमको आयोजनामा चौरजहारी नगरपालिका वडानम्वर -२, मा रहेको शितल माविमा शिल्ड हुने भएको हो ।

यहि फाल्गुन १२ गते देखि १४ गते सम्म रनिङ शिल्ड सञ्चालन हुन लागेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रशाद ढकालले जानकारी दिनुभयो ।

शिल्डमा छात्र, छात्रा भलिवल, एथ्लेटिक्स तर्फ ट्रयाक दौड छात्र/छात्रा, उफ्रने र फाक्ने छात्र तर्फ हाईजम्प, लम्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८ सय ग्राम, सटफुट १२ पाउण्ड, छात्रा तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६ सय ग्राम र सटफुट ८ पाउण्ड प्रतियोगिताको आयोजना गरिएको सचिव ढकालले जानकारी दिनुभयो ।

त्यस्तै छात्र/छात्रा मार्सलआर्ट र कराँते पनि आयोजना गरिएको छ । शिल्डमा जिल्लाका ६ वटा पालिकाहरुको सहभागिता रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News