रुकुम पश्चिम २७, माघ ।
नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका -६, रुकुम पश्चिमको विस्तारित बैठक सम्पन्न भएको छ । आज विभिन्न निर्णयहरु गर्दै वडा समितिको बैठक सम्पन्न भएको हो ।
बैठकले फाल्गुन १० देखि १५ गते सम्म वडाका विभिन्न टोलको भेला सम्पन्न गरिसक्ने, फाल्गुन २० गते वडा भेला र आबधिक योजना पहिचान छ्नोट गर्ने लगायतका निर्णयहरु गरेको छ ।
साथै वडा पार्टी इन्चार्ज अनिल बुढाको संयोजकत्वमा भेला सम्पन्न गर्न १७ सदस्यीय परिचालन समिति गठन पनि गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र प्रेदेश समिति सदस्य गोपेश्वर केसी,मुसिकोट नगर समिति अध्यक्ष दल बहादुर खड्का, नगर पार्टी सचिव सुशील गौतम, इन्चार्ज अनिल बुढा, नगर समिति सदस्य नारायण केसी लगायतको उपस्थिति रहेको थियो ।