गृहमन्त्री रवि लामिछानेको सांसद पद बदर हुने
64x64
२०७९ माघ १३ शुक्रबार प्रेसपालिका संवाददाता
90 Views

रुकुम पश्चिम १३, माघ ।
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद बदर हुने फैसला सुनाएको छ ।

सर्वोच्चले नागरिकता सम्बन्धी विवादमा फैसला सुनाउँदै लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको हो ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहनु भएका उपप्रधान तथा गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता  पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उहाँ सांसद हुन अयोग्य रहेको फैसला गरेको हो।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको छ ।

लामिछाने गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News