कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा
64x64
२०७९ पुष २७ बुधबार प्रेसपालिका संवाददाता
275 Views

रुकुम पश्चिम २७, पुस ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको हस्ताक्षर सहित आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरे सङ्गै शर्मा मुख्यमन्त्री भएका हुन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

कर्णालीमा कुनै दलको स्पष्ट बहुमत नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका थिए । माआवादी पोलिटब्युरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

कर्णालीमा एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News