
रुकुम पश्चिम २६, पुस ।
प्रतिनिधि सभाको बैठक आज १ बजे बस्ने भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि सारिएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । दलहरुबीच विश्वासको मत दिने नदिने विषयमा छलफल भइरहँदा बैठक केहीबेर पर सारिएको बुझिएको छ ।
