बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु
64x64
२०७९ कार्तिक १८ शुक्रबार प्रेसपालिका संवाददाता
399 Views

रुकुम पश्चिम १८, कात्तिक ।
रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धनले आजबाट संयुक्त चुनावी सभा सुरु गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समावादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित बाम–लोकतान्तिक गठबन्धनले संयुक्त चुनावी सभा सुरु गरेको हो ।

चौरहजारी नगरपालिका वडानम्बर -१०, को चिन्ने बगरमा भएको संयुक्त चुनावी सभामा बोल्दै बाम–लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक गोपाल जि जंग शाहले हँसिया हथौडामा मतदान गरि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै लाग्नुपर्ने बत्ताउनुभयो । उहाँले जिल्लाको आवश्यकता र समस्यालाई समाधान गर्नको लागि पनि गठबन्धनका उम्मेद्धारलाई विजय बनाउन अपिल गर्नुभयो ।

त्यस्तै गठबन्धनका तर्फबाट रुकुम पश्चिम प्रदेश सभा ‘ख’ का उम्मेदवार राजकुमार शर्माले संविधानको रक्षा, समृद्धि र प्रतिगमनको बिरुद्ध फेरी एकचोटी रुकुमेली जनता एकतावद्ध भएको बताउनुभएको छ ।

सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, कांग्रेस नेता तथा पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, प्रदेश सभा (ख) का उम्मेदवार राजकुमार शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्माको उपस्थिति रहेको थियो ।

त्यस्तै चुनावी सभामा प्रदेश सदस्य विशाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष पर्शाराम खत्री लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News