घुम्ती शिविर मार्फत सेवा दिंदै गाउँपालिका
64x64
२०७९ असोज १२ बुधबार प्रेसपालिका संवाददाता
567 Views

रुकुम पश्चिम १२, असोज ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत सेवा सञ्चालन गरेको छ । एक हप्ता देखि सञ्चालनमा रहेको घुम्ती शिविर मार्फत हालसम्म २२ सय ६ जनाले सेवा लिएको गाउँपालिकाले बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार योजना सम्झौता, स्वास्थ्य सेवा तथा परामर्श, पशु रोग सम्वन्धी औषधि वितरण, कृषि सेवा तर्फ बीउ वितरण लगायत सेवा दिईएको छ । शिविर मार्फत वडानम्बर –३, मा २ सय ८५, वडानम्बर –६ र ७ मा समान ३ सय २ जना र वडानम्बर –८ मा ३ सय ५९ जनाले सेवा लिएका छन् । त्यस्तै वडानम्बर –९ मा ३ सय ६८, वडानम्बर –१० मा ३७ र वडानम्बर –४ मा ५ सय ५३ जनाले घुम्ती शिविर मार्फत सेवा लिएका छन् ।

गाउँपालिकाले ७ वटै वडाका वडाकार्यालयमा पुगेर गाउँमै सेवा दिएको हो । बाँकी ३ वटा वडामा पनि यहि असोज १५ गते सम्म शिविर सञ्चालन हुने बताईएको छ । घुम्ती शिविरमा अपांग परिचय पत्र, व्यवसाय दर्ता तथा नविकरण, गहुँको बीउ माग, कृषि सामग्री माग, छोरीको खाता सञ्चालन लगायत सेवा प्रदान गरिएकोे छ । सो शिविरबाट कृषि सेवा तर्फ ७ सय ३९ जना किसानलाई मुला र भाजी सागको वितरण गरिएको छ । त्यस्तै शिविरमा २ सय ४० जना किसानले ५० प्रतिशत अनुदान रकममा गहँुको बीउ समेत माग गरेका छन् ।

गाउँपालिकाले असोज ५ गतेदेखि १५ गतेसम्म सबै वडा स्तरका नागरिकलाई गाउँमै सेवा दिने उदेश्यले घुम्ती शिविर सञ्चालन गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |