रुकुम पश्चिम १, असोज ।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडानम्बर -११, स्थित हिमालय माध्यमिक विद्यालय खोलागाउँमा अनेरास्ववियू (क्रान्तिकारी) ले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो ।
संविधान दिवस अर्थात असोज ३ गतेका दिन “जनयुद्ध र संविधान ” शीर्षकमा वक्तृत्वकला कार्यक्रम गर्ने अनेरास्ववियू (क्रान्तिकारी) विद्यालय समिति हिमालय मावि खोलागाउँले जनाएको छ ।
विद्यार्थीको क्षमता वृद्धि गर्नुका साथै थप हौसला प्रदान गर्ने उद्देश्यका साथ सोही विद्यालयको विद्यालय समितिले कार्यक्रमको आयोजना गर्न लागेको इकाई समिति अध्यक्ष भैरव विकले बताउनु भएको छ ।