नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले गर्यो उम्मेदवार सिफारिस
64x64
२०७९ भाद्र २३ बिहिबार प्रेसपालिका संवाददाता
576 Views

भदौ २३, रुकुम पश्चिम ।

आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आज उम्मेदवार सिफारिस गरेको छ । मुसिकोट खलंगाको सेरीगाउँमा रहेको शहिद स्मृति प्रतिस्ठानमा बसेको माओवदी केन्द्रको बैठकले सर्वसम्मत संघ र प्रदेश उम्मेदवार सिफारिस गरेको हो ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले गर्यो उम्मेदवार सिफारिस - प्रेस पालिकाबैठकले प्रतिनिधि सभाका लागि जनार्दन शर्मालाई सर्वसम्मत चयन गरेको छ । प्रदेश सभा सदस्य तर्फ निर्वाचन क्षेत्र १ का लागि महेन्द्र केसी पारसमणी र निर्वाचन क्षेत्र २ का लागि राजकुमार शर्मालाई चयन गरिएको माओवादी केन्द्रले बताएको छ ।

त्यस्तै अहिले बैठक बसिरहेकाले समानुपातिक तर्फका उम्म्दवार छनौटका विषयमा छलफल भईरहको पार्टी संयोजक गोविन्द रोकाले जानकारी दिनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News