
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले इकाई गठन कार्यक्रमलाई तिब्रता दिएकाे छ । विद्यार्थीसंग अखिल (क्रान्तिकारी)भन्ने अभियानलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति विद्यालयहरूमा पुगेर सङ्गठन विस्तार गरेकाे हाे । । जस अन्तर्गत आज नगरपालिकाको वडा नम्बर ११ स्थित हिमालय माध्यमिक विद्यालय खोलागाउँमा कक्षा इकाई समितिहरु गठन गरेको अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी जनाएको छ ।
प्राविधिक ( कृषि जेटिय) मा कमला खड्काको अध्यक्षतामा १३ सदस्यिय कक्षा इकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सीता ओली , सचिवमा कमला बोहोरा ,सह सचिवमा मनसरा बोहोरा , कोषाध्यक्षमा निशा ढकाल रहनु भएकाे छ ।
कक्षा ९ मा दिनेश रोकायको अध्यक्षतामा २६ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सन्दिप शर्मा , चक्र चन्द , सचिवमा सुदिप शर्मा , सह सचिवमा झरना रोकाय र ऋतु शर्मा रहनु भएको छ भने कोषध्यक्षमा बिंदु रोकाय रहनु भएको छ।
उक्त कार्यक्रममा अखिल क्रान्तिकारी चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी, विद्यार्थी नेता रमा खड्का , नविन्द्र महतारा , भैरव बिक , बिनिता विसी लगायतको उपस्थिति रहेको थियो ।
