शर्मा बने माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक
64x64
२०७९ भाद्र १६ बिहिबार प्रेसपालिका संवाददाता
398 Views

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा गोपाल शर्मालाई नियुक्त गरिएको छ।

माओवादी संसदीय दलले बिहीबार शर्मालाई प्रमुख सचेतक बनाएको हो । शर्मा रूकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य हुन् । यसअघि महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उनी अर्थमन्त्री थिए। शाहीले कांग्रेसलाई नेतृत्व सुम्पिँदा उनी मन्त्री पदमुक्त भएका थिए।

जाजरकोटकी कृष्णा शाहलाई प्रमुख सचेतक बनाइएको थियो। शाह पनि अहिले आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएपछि शर्मालाई बनाइएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |