अनेरास्ववियू क्रान्तिकारी मूल इकाई कमिटी गठन
64x64
२०७९ भाद्र १५ बुधबार प्रेसपालिका संवाददाता
154 Views

रुकुम पूर्व १५, भदौ ।

रुकुम (पूर्व) माअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू क्रान्तिकारीले मावि (माध्यमिक विद्यालय) मूल इकाई कमिटी गठन गरेको छ । विद्यार्थीसंग अखिल क्रान्तिकारी भन्ने नारा सहित अनेरास्ववियू क्रान्तिकारीले कमिटी गठन गरेको हो ।

जिल्लाको सिस्ने गाउँपालिका -८, मा रहेको सानोभेरी माध्यमिक विद्यालयमा नवीन बुढाको अध्यक्षतामा ३५ सदस्यीय मावि मुल इकाई कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा भावना पुन मगर र बिसपेन बिसि, सचिवमा छितिज बि.सि. सहसचिवमा चन्द्रकला सुनार र भुपेन्द्र बिक रहनु भएको छ । त्यस्तै कोषाध्यक्षमा प्रशान्त पुन मगरलाई चयन गरिएको छ ।

संगठन निर्माण कार्यक्रममा रुकुम पूर्व जिल्ला सदस्य तथा सिस्ने गाउँपालिका संयोजक पुजन खड्का जिल्ला सदस्य तथा सिस्ने गाउँपालिका सहसंयोजक अम्मर खत्री र सदस्य प्रकाश खत्रीको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News