आगामी निर्वाचनका लागि नेकपा एसबाट ११ जनाको उम्मेदवारीमा सिफारिस
64x64
२०७९ भाद्र ११ शनिबार प्रेसपालिका संवाददाता
217 Views

भदौ ११, रुकुम पश्चिम ।
आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले ११ जना उम्मेदवारलाई सिफारिस गरेको छ । प्रदेश निर्वाचन समन्वय कमिटीको (क) र (ख) को सयुक्त बैठकले उम्मेदवार सिफारिस गरेको हो ।
शनिबार सानीभेरी गाउँपालिकाको छोटेबगरमा बसेको बैठकले दुबै निर्वाचन तर्फका उम्मेदवारलाई सिफारिस गरेको नेकपा एस रुकुम पश्चिमले बताएको छ । जिल्ला पार्टी अध्यक्ष हरीप्रसाद शर्माका अनुसार प्रदेश सभा निर्वाचन (क) का लागि हरीप्रसाद शर्मा, सुरज कुमार परियार, सिताराम देवकोटा र भगवती शाही सिफारिसमा परेका छन् । त्यस्तै निर्वाचन (ख) का लागि शेरबहादुर केसी, कल्याणी खड्का, चिना बिक र रबीन्द्र बिष्टलाई सिफारिस गरिएको बताईएको छ ।
सिफारिसमा परेका सबै उम्मेदवारको अन्तिम टुंगो भने केहि दिनभित्र सचिवालय बैठकले निर्णय गर्ने भएको छ । त्यसपछि मात्रै अन्तिम टुङ्गो लागेका उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेर पठाइने पार्टी अध्यक्ष शर्माको भनाइ छ ।
प्रतिनिधि सभाका लागि भने निर्वाचन समन्वय कमिटीको सयुक्त बैठकले देवी ओली, ठकेन्द्र प्रकाश पुरी र माधव गौतमलाई उम्मेदवारमा सिफारिस गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News