चौरजहारीमा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन
64x64
२०७९ भाद्र ०९ बिहिबार प्रेसपालिका संवाददाता
317 Views

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन भएको छ ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चौरजहारी नगर समितिकाे आयोजनमा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन भएको हो । पार्टीका केन्द्रय समिति वैकल्पिक सदस्य तथा उक्त स्कुलिङ् कार्यक्रमका प्रमुख अतिथि पुष्प बादीले उक्त कार्यक्रमकाे उदघाटन गर्नु भयको हो ।

चौरजहारीमा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन - प्रेस पालिकापार्टी केन्द्रय समिति वैकल्पिक सदस्य पुष्प बादी प्रमुख आतिथ्यता पार्टी जिल्ला समिति संयोजक गोविन्द रोका (सचिन)को विशेषआतिथ्यता तथा, कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्ति , राधा रोका , वीरेन्द्र बुढा, इश्वरी शर्मा ,धुर्ब बुढाथोकी, गनेश कुमार केसि , निर्मला बिष्ट खड्का र जनक बटाला लगाएतको आतिथ्यता रहेको थियो । त्यस्तै भदौ ९ गते बाट सुरु भएकाे कार्यक्रम ११ सम्म सञ्चालन हुने नगर समितिले जानकारी दिएकाे छ । नगर समिति अध्यक्ष श्रीकृष्ण शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नगर समिति समिति सचिव वीर बहादुर राणाले गर्नु भएको थिय ।चौरजहारीमा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News