बालहित माविमा अनेरास्ववियू क्रान्तिकारीकाे मूल इकाई समिति गठन
64x64
२०७९ भाद्र ०८ बुधबार प्रेसपालिका संवाददाता
215 Views

रूकुम पश्चिम चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले इकाई गठन कार्यक्रमलाई तिब्रता दिई रहेको छ । विद्यार्थीसंग अखिल क्रान्तिकारी भन्ने अभियानलाई लिएर अनेरास्ववियू क्रान्तिकारी चौरजहारी नगर समितिकाे उपस्थितिमा सङ्गठन विस्तार गरिएको हाे । आज वडा नम्बर १४ स्थित बालहित माध्यमिक विद्यालय साक्चाखोलामा सङ्गठन विस्तार कार्यक्रम गरेको अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी जनाएको छ । खडक ओलीकाे अध्यक्षतामा ३८ सदस्यिय मावि मूल इकाई समिति गठन गरेको हो । जसको उपाध्यक्षमा भद्रशिला राणा , चन्द्रकला बिक र नरेश कुमार घर्ती , सचिवमा धनमाया बिक , सह सचिबमा नम्रता बिक , बीमा बिक र शृष्ट विष्ट रहनु भयको छ भने कोषाअध्यक्षमा सुशीला घर्ती रहनु भएको छ।

उक्त कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी , विद्यार्थी नेता नविन्द्र महतारा र दिपेश विक लगायतकाे उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News