मतदाता नामावली अध्यावधिक, दावि विरोध कार्यक्रम– २०७९ सम्वन्धि अन्तरक्रिया
64x64
२०७९ भाद्र ०७ मंगलबार प्रेसपालिका संवाददाता
220 Views

रुकुम पश्चिममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारले मंसिर ४ गते तोकेको संघ र प्रदेश निर्वाचन तोके पछि संचालन भएको नामावली अध्यावधिक र दावि विरोध सम्वन्धि कार्यक्रमको बारेमा छलफल गर्न आज कार्यक्रमको आयोजना गरिएको हो ।

निर्वाचनको बेला मतदाता नामावलीको विषयमा विभिन्न किसिमका समस्या देखिने गरेकाले जिल्ला निर्वाचन कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । मतादाता नामावलीमा दोहोरो नाम पर्ने, मृत्यु भएको नाम पनि नामावलीमा देखिने, वसाईसराई गरेकाहरुको पनि दुई ठाउँमा नाम देखिने लगायत समस्या देखिने समस्याको बारेमा छलफल गर्न कार्यक्रमको आयोना गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागि विभिन्न राजनितिकदलका प्रतिनिधिहरुले अघिल्ला निर्वाचनको क्रममा मतदाता नामावलीमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । मतदाता नामावलीमा देखिएका समस्या र समधानको विषयमा जिल्ला निर्वाचन कायार्लयले गर्न सक्ने कामको बारेमा पनि छलफल भएको छ । कार्यक्रमको समयमा उठेका विभिन्न विषयमा जिल्ला निर्वाचन अधिकारी कुमारीरीमा मल्लले जानकारी दिनुभएको थियो ।

त्यस्तै उहाँले मतदाता नामावली अद्यावधिक, दावि विरोधको प्रक्रिया र जिल्लामा हुने कार्यक्रमको बारेमा पनि सहभागिलाई जानकारी दिनुभएको थियो । १२ गते सम्म मतदाता नामावली अद्यावधिक र दावि विरोधको कार्यक्रम संचालन हुने उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यतालिको विषयमा पनि जानकारी दिईएको थियो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्विनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, आठविसकोट नगरपालिकाका प्रमुख रवि केसी, त्रिबेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी र सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्टको आतिथ्यता रहेको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News