भदौ ७ गते अर्थात् मंगलबार नेपाल बन्दको घोषणा
64x64
२०७९ भाद्र ०६ सोमबार प्रेसपालिका संवाददाता
144 Views

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले मंगलबार भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका छन् । सार्वजनिक कार्यक्रम अनुसार ४ दलिय मोर्चाले भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा गर्ने, ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द घोंषणा गरेको विज्ञप्तिमा उल्लेख छ

गत साउन १६ गते ललितपुरको जिल्ला अदालत मार्फत पार्टी महासचिव विप्लवसहितका लिडरमाथि जारी गरेको पक्राउ पुर्जी तथा राष्ट्रघाती सन्धिहरु खारेजको माग गर्दै उनीहरूले बन्दको घोषणा गरेका हुन् ।
एमसीसी सम्झौताको विरोध, विप्लवसँग गरिएको ३ बुँदे सम्झौताको पालना लगायतका विषयमा चरणबद्ध आन्दोलन गर्ने नेपाल कम्युनिस्ट पार्टीले बताएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News