त्रिवेणीमा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन
64x64
२०७९ भाद्र ०६ सोमबार प्रेसपालिका संवाददाता
220 Views

गाेपाल ओली/रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन भएको छ ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाको आयोजनमा आधारभूत माक्सवादी स्कुलिङ् कार्यक्रमको उद्घाटन भएको हो। पार्टीका जिल्ला समिति संयोजक तथा स्कुलिङ् कार्यक्रमका प्रमुख अतिथि गोविन्द रोका सचिन,  उक्त कार्यक्रमकाे उद्वाटन गर्नु भयको हो ।

पार्टी जिल्ला समिति संयोजक रोका को प्रमुख आतिथ्यता,कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्ति , गनेश कुमार के सि , निर्मला बिष्ट खड्का र जनक बटाला लगाएतको आतिथ्यता रहेको थियो । गाउपालिका समिति अध्यक्ष गनेश खड्काको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन त्रिवेणी गाउपालिका समिति सचिव चन्द्र बहादुर खड्काले गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गोविन्द रोकाले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो भने पार्टी गाउपालिका उपाध्यक्ष सुन्दर ओलीले स्वागत मन्तव्य राख्नु भयको थियो । पार्टी गाउँपालिका समितिको पुरै टिम , पार्टी वटा समितिका पदाधिकारी , टोल समितिका पदाधिकारी र विभिन्न जनवर्गीय स्कुलिङकाे लागि उपस्थित भयका थिए । भाद्र ६ गते देखि सुरु भयको स्कुलिङ् कार्यक्रम भाद्र ८ सम्म संचालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News