अनेरास्ववियू क्रान्तिकारीले चर्को शुल्क लिएको भन्दै ज्ञापनपत्र
64x64
२०७९ भाद्र ०६ सोमबार प्रेसपालिका संवाददाता
193 Views

रुकुम पश्चिम मुसिकोट नगरपालिका १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाईएको छ । सोही विद्यालयकै अनेरास्ववियू क्रान्तिकारी इकाई समितिले सोमबार विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाललाई १२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको थियो । विद्यालयका विभिन्न कार्यहरुमा अनियमितता भएको भनि सुधारको माग सहितको ज्ञापनपत्र बुझाईको बताएको छ । विद्यार्थीबाट मासिक शुल्क अन्य शुल्क लिने गरेकोले पारदर्शिता रगैरकानूनी शुल्क फिर्ता गर्न माग गरिएको छ भने विद्यालय हाताभित्र हुने शैक्षिक व्यापार ट्युसन, कोचिङ सेन्टर बन्द गरेर निशुल्क कोचिङको व्यवस्था गर्न माग गरिएको छ ।

अनेरास्ववियू क्रान्तिकारीले चर्को शुल्क लिएको भन्दै ज्ञापनपत्र - प्रेस पालिकाज्ञापनपत्रमा विद्यालयका भौतिक संरचनाहरुको गुणस्तरियता नभएको, गैरकानूनी कर्मचारी भर्ना गर्ने गरिएको, बार्षिक कार्यतालिका अनुसारका शैक्षिक क्रियापकलाप नहुने गरेको, पुस्तकालयको उचित व्यवस्थापन नभएको, छात्रबृति वितरण निश्पक्ष नभएको, विद्यालयमा सुरक्षित घेरावार नभएको लगाएका समस्याहरु समाधानका लागि माग गरिएको छ । कक्षा ११ र १२ का शिक्षकहरुले हाजिरी बिनै एकमुष्ठ भत्ता लिने गरेको, विद्यालय समयमा पनि अन्यत्र पढाएर दोहोरो सुविधा लिने गरेको, डिप्लोमा इन सिभिल ओभरसियरको कार्यक्रमको अनुदान दुरुपयोग हुने गरेको, विद्यालयको आयव्यस सार्वजनिक नगरिएकोले तत्काल सुधार गर्न माग गरिएको छ ।अनेरास्ववियू क्रान्तिकारीले चर्को शुल्क लिएको भन्दै ज्ञापनपत्र - प्रेस पालिका

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |