रुकुम पूर्वमा बिद्यार्थिसंग अखिल क्रान्तिकारी अभियान उद्वाटन
64x64
२०७९ भाद्र ०४ शनिबार प्रेसपालिका संवाददाता
91 Views

रुकुम पूर्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समन्वय समिति रुकुम पूर्वले चौथो पूर्ण बैठकको अवसर पारि आज विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान उद्घाटन गरेको छ । संसारका वामपन्थी प्रगतिशील देशभक्त लोकतान्त्रिक एकजुट हौ । भन्ने मुल नाराका साथ भूमे गाउँपालिकाको केन्द्र खावाङवगरमा बसेको बैठकले उक्त अभियानको उद्घाटन गरेको हो । आज भएको उद्घाटनले जिल्लामा रहेका प्रत्येक बिद्यालयमा पुगेर बिद्यार्थी र अखिल क्रान्तिकारीको दुरि नजिक बनाई शैक्षिक सुधारका लागि बिभन्न कार्यक्रमहरु गरिने बताइएको छ । यस अभियानमा जिल्लाका लागि कार्यबिभाजन बाडफाड गरिएको छ ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुकुम पूर्वका जिल्ला अध्यक्ष रेवन खड्काको अध्यक्षतामा बसेको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली (प्रतीक) को प्रमुख आतिथ्यता रहेकाे थियो । नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिती प्रमुख मेघबहादुर श्रेष्ठ (महेश) र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक होमप्रकाश श्रेष्ठको बिषेस आतित्थ्थता रहेको थियो । त्यस्तै बैठकमा भूमे गाउँकमिटीका अध्यक्ष रुपधन कामी (अंकित) जिल्लाका फ्याक्सन इन्चार्ज जीवन केसी, केन्द्रीय सदस्य बेदना बुढामगर, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष रुपेन्द्र मल्ल र दाङ जिल्लाका सचिवालय सदस्य सुनिल बुढामगर, भूमे २ नम्बर वडा कमिटीका अध्यक्ष नारायण पुन लगाएको उपस्थिति रहेको थियो ।
बैठकमा अखिल क्रान्तिकारि जिल्ला कमिटीका सचिव चन्द्र रसाइलीले कार्यक्रम सञ्चालनकै क्रममा लुम्बिनी प्रदेशको सर्कुलर बाचन गर्नुभएको थियो । बैठकमा जिल्लाका ३ गाउँपालिकाबाट एक एक जनाले रिपोर्टिङ गरेका थिए । जस अन्तर्गत सिस्ने गाउँपालिकाबाट लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेमबहादुर खत्री, भूमे गाउँपालिकाबाट भूमे गाउँकमिटि सदस्य आस्था बिक र पुथाउत्तरंगा गाउँपालिकाबाट जिल्ला कमिटी सदस्य बिमल बिकले रिपोर्टिङ गर्नुभएको छ । आजको बैठकमा उपस्थित अतिथिहरुले प्रसिक्षणमूलम मन्तव्य राखेका थिए । बिषेस गरि बैठकमा आगामि कार्ययोजना, संगठनात्मक कार्य, संघर्षका कार्यक्रम र रचनात्मक कार्यक्रमहरुको बिषयमा छलफल गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News