रुकुमपूर्वमा बालबालिकाहरुलाई काेभिड १९ बिरुद्धकाे खाेप लगाइने
64x64
२०७९ भाद्र ०१ बुधबार प्रेसपालिका संवाददाता
165 Views

बिक्रम परियार /रुकुम पूर्वमा ५ देखि ११ बर्षसम्मका बालबालिकाहरुका लागि फाइजर वायाेएनटेक,सम्बन्धि जिल्ला स्तरीय सराेकारवालाहरुसंग अभिमुखिकरण तथा समन्वयात्मक बैठक बसेकाे छ । आज जिल्ला प्रसासन कार्यालय रुकुमकाेटमा जिल्ला काेभिड १९ खाेप समन्वय तथा अनुगमन समितिका संयाेजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारकाे अध्यक्षतामा बैठक बसेकाे हाे ।

बैठकमा अहिलेसम्म काेभिड १९ बिरुद्धकाे खाेपकाे समीक्षा र तत्कालै बालबालिकाहरूलाइ लगाउनुपर्ने खाेपका बिषयमा समस्या चुनाैति र सहकार्यका बिषयमा छलफल गरिएको छ । नेपालमा प्रयाेग गरिएका काेभिड १९ बिरुद्धका खाेपहरू, खाेपकाे बुस्टर मात्रा दाेस्राे तथा बुस्टर मात्रा खाेपकाे रणनीतिक याेजनाहरुका बारेमा छलफल गरिएको छ ।
यहीँ भदाै ७ गतेदेखि ११ गतेसम्ममा फाइजर खाेपकाे पहिलो मात्रा लगाईसक्नुपर्ने बताएको छ ।
जिल्लाका ३१ वटै वडाका बिद्यालयहरुलाई खाेप केन्द्र बनाइने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ । यस खाेप कार्यक्रममा रुकुम पूर्व जिल्लाका ३ वटा गाउँपालिकाका ५ देखि ११ बर्षसम्मका बालबालिकाहरु छुट्न नहुने प्रजिअ सुनुवारले अनुराेध गर्नुभएको छ ।

अहिलेसम्म रुकुम पूर्व जिल्लामा ९ हजार ५ सय ४४ मा तथ्यांक देखिएको छ । यसमा लक्ष्य अनुसार नपुग्नुमा कतै तथ्यांक राख्न छुटेकाले सबै बिवरण नदेखिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सुचना अधिकारी निमप्रसाद गिरिले जानकारी दिनुभएको छ । यस खाेप अभियान अत्यन्तै महत्त्वपूर्ण भएकाले प्रचारप्रसार गरि सबैले अा अाफ्नाे ठाउँबाट सहयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय रुकुमपूर्वले बताएको छ ।

आजकाे बैठकमा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख माेहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गाेपाल रेउले, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, सहायक प्रजिअ हिरालाल अाचार्य, सिस्ने गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत विकास विक्रम शाह, भूमे गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत चन्द्रसिङ श्रेष्ठ र स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख एंवम प्रतिनिधि जिल्लाका सुरक्षा निकायका प्रमुखकाे उपस्थिति रहेकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |