मावि सानाखोलामा अनेरास्ववियू (क्रान्तिकारी)काे मूल इकाई समिति गठन
64x64
२०७९ भाद्र ०१ बुधबार प्रेसपालिका संवाददाता
311 Views

रूकुम पश्चिम चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले इकाई गठन कार्यक्रमलाई तिब्रता दिएकाे छ । ” विद्यार्थीसंग अखिल (क्रान्तिकारी) ” भन्ने अभियानलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति विद्यालयहरूमा गएर सङ्गठन विस्तार गरी रहेको छ । जस अन्तर्गत आज नगरपालिकाको वडा नम्बर १२ स्थित जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा सङ्गठन विस्तार कार्यक्रम गरेको अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समितिले जानकारी दिएको छ ।

मावि (९-१०) मा काे रोशन महताराकाे अध्यक्षतमा ४१ सदस्यिय मावि मूल इकाई समिति गठन गरेको हो । जसको उपाध्यक्षमा करिश्मा बिक ,शेर बहादुर अधिकारी र सुलोचना बिक , सचिवमा कविता शर्मा , सह सचिबमा वीरेन्द्र देवकोटा , तिलक नेपाली र प्रतीक ओली रहनु भयको छ भने कोषाअध्यक्षमा बिनिता न्यौपाने रहनु भएको छ।

उक्त कार्यक्रममा एकिकृत शिक्षक संगठन चौरजहारी नगर समिति सचिव कृष्ण प्रसाद जैसी , सदस्य  विनोद कुमार शर्मा , शक्ति बहादुर के सी ,  एकिकृत शिक्षक संगठन चौरजहारी वडा नम्बर १२ वडा समिति अध्यक्ष जय प्रकाश बिक , सचिव देवराज ओली , सह सचिव ठकेन्द्र प्रसाद शर्मा , अनेरास्ववियू(क्रान्तिकारी) चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी , विद्यार्थी नेता नविन्द्र महतारा र दिपेश विक लगायतको उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News