जनकल्याण मावि जोगिनेटामा अनेरास्ववियू (क्रान्तिकारी)काे मूल इकाई समिति गठन
64x64
२०७९ भाद्र ०१ बुधबार प्रेसपालिका संवाददाता
370 Views

रूकुम पश्चिम चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले इकाई गठन कार्यक्रमलाई तिब्रता दिएकाे छ । ” विद्यार्थीसंग अखिल (क्रान्तिकारी) ” भन्ने अभियानलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति विद्यालयहरूमा गएर सङ्गठन विस्तार गरी रहेको छ । आज नगरपालिकाको वडा नम्बर ११ स्थित जनकल्याण माध्यमिक विद्यालय जोगिनेटा बाट सङ्गठन विस्तार कार्यक्रम गरेको हो ।

मावि (९-१०) मा काे अध्यक्षता खडक ओली ३५ सदस्यिय मावि मूल इकाई समिति गठन गरेको हो । जसको उपाध्यक्षमा पवित्रा ओली र अमृता खड्का सचिवमा लक्ष्मण शर्मा , सह सचिबमा पुस्पा ओली र युवराज ओली रहनु भयको छ भने कोषाअध्यक्षमा देवराज केसी रहनु भएको छ।जनकल्याण मावि जोगिनेटामा अनेरास्ववियू (क्रान्तिकारी)काे मूल इकाई समिति गठन - प्रेस पालिका

उक्त कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी , विद्यार्थी नेता नविन्द्र महतारा र दिपेश विक लगायतको उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bir
Bir
9 months ago

थुक्क तिम्रो नलायक राजनीति ! शैक्षिक क्षेत्र मा यस्ता राजनितिक गतिबिधि गरेर शैक्षिक कायकर्म मा बाधा पुर्याउनु अशिक्षित ,अमनबिय ब्यक्तिहऊ का गतिबिधि हुन।

Flash News